मूल खबर

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

काठमाडौं
नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ।

यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँबराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ। ‘सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ,’ स्रोतले भन्यो । दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा अमेरिका पठाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण बाधा परेपछि रोकिएको सेनाले जनाएको छ।  नागरिक दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button