मूल खबर

उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी

काठमाडौं
निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा छन् । विदेशी बजारमा समेत निर्यात गर्न सुरु गरेका छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी बनेको छ। व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो । उद्योग अहिले बन्द अवस्थामा छ। दसैँपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन ।

उद्योग सञ्चालनको पहल गरिदिन त्यहाँका ट्रेड युनियनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेका छन् । उच्च व्यवस्थापनले उद्योगलाई धराशायी बनाएको ट्रेड युनियनको आरोप छ । उद्योगमा आर्थिक हिनामिना र अनियमितता भएको आरोप लगाएका हुन् । उद्योग डुबाउने खेल सुरु भएको अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विश्वेश्वर पालले बताए। इआरपी सिस्टममा पहिला पैसा आएको देखाउने सिमेन्ट गएपछि पैसा जम्मा नभएका उदाहरण पनि रहेको पालले बताए। नागरिक दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button