कला

चलचित्र ‘मीलन’ मा समेटिएको त्रिकोणात्मक सम्बन्धको दृश्यले भावुक बनायो : पूर्व उपमेयर शाह

काठमाडौँ– भरतपुर महानगरपालिकाका निर्वतमान उपमेयर पार्वती शाहले चलचित्र ‘मीलन’ मा समेटिएको त्रिकोणात्मक सम्बन्धको दृश्य पर्दामा हेरिरहँदा आफूलाई निकै भावुक बनाएको बताएकी छन् ।

मंगलबार चलचित्र ‘मीलन’ को प्रिमियर शो हेरेपश्चात प्रतिक्रिया दिँदै पूर्व उपमेयर शाहले नेपाली दर्शकको मनमा उब्जिएको राम्रो चलचित्र हेर्ने रहरलाई चलचित्र ‘मीलन’ ले मेटाई दिएको बताएकी हुन् ।

‘म सानैदेखि चलचित्र हेर्न रुचि राख्थेँ; समय, परिस्थिति, व्यस्तता र राजनीतिक सक्रियताका कारण चलचित्र हेर्न पाएको थिइँन चलचित्र मिलन हेर्ने मौका जु-यो । मलाई यस चलचित्रले दर्शककारुपमा पुर्नमिलन गराईदियो साह्रै खुशी छु ।’ उनले भनिन् ।

चलचित्रमा देखाइएका प्रेम, घृणा, सम्वेदना, रोमान्स, विद्रोह, हाँसो, आँशु, गीत आदि सबैलाई राम्ररी समेटिएकोले यसले युवा भावना, युवा सचेतना र समाजको रुपान्तरणमा पनि महत्वर्पूण भूमिका निर्वाह गरेकोमा चलचित्र निर्माण टिमलाई पूर्व उपमेयर शाहले धन्यवाद दिइन् ।

नेपाली चलचित्र विकासमा एउटा टर्निङ्ग पोईन्ट भएर देखा परेको चलचित्र ‘मीलन’ ले प्रेम, विछोड र पुर्नमिलनलाई प्राथमिकतासाथ प्रस्तुत गरेको छ । चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापासँग बीचको त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ ।

चलचित्रका सबै विधामा मिहेनतका साथ काम गरेर कथालाई स्वभाविक तरिकाबाट सफलतापूर्वक डो-याएर दर्शकलाई भरपुर मनोरञ्जन दिने तयारीका साथ चलचित्र ‘मीलन’ मंसिर ९ गते शुक्रवारबाट देशभर प्रर्दशनमा आउँदैछ ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशाल पहाडीको मुख्य भूमिका रहेको छ । यस्तै चलचित्रमा रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । यसै चलचित्रबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गरेका छन् ।

निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो चलचित्र हो । यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । चलचित्रमा राहुल राईको छायांकन र तारा किम्बे थापाको सम्पादन रहेको सो चलचित्रको निर्माता प्रविन थापा हुन्। काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यस चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।

तीनवटा गीत समावेश चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने, प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ ।

चलचित्रमा ब्याकग्राउण्डस्कोर सैलेश श्रेष्ठको रहेको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button