
काँकरभिट्टा। नेपाल मगर संघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा विकास थापा मगर सर्वसम्मत चयान भएका छन् ।
नेपाल मगर संघको १३ औं अधिवेशनले विकास थापा मगरलाई अध्यक्ष चयन गर्दै ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा कर्ण क्याप्छाकी मगर, सचिवमा डम्बर थापा मगर, सहचिवमा एशिका पुलामी मगर, कोषाध्यक्षमा तुलसा क्याप्छाकी मगर रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा सरोज आलेमगर , श्रृजन समाल मगर, आर्यन सारु मगर, र सरिता खुलाल मगर रहेका छन् ।
निर्वाचन सफलपार्न नेपाल मगर संघका केन्द्रीय सदस्य हरिकुमार थापा मगरको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल समेत गठन गरिएको थियो ।
प्रदेश १ का कृषिमन्त्री झलक सिंह दर्लामीको प्रमुख अतिथ्यता तथानेपाल मगर संघ जिल्ला समितिका अध्यक्ष जगत बहादुर राना मगरको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाल मगर संघका केन्द्रीय सदस्यहरि कुमार थापा मगर, सुन्दर थापा मगर , अर्जनधार गाउँपालिकाका निर्वमान अध्यक्ष हरि कमार रानामगर, समाजसेवी ज्योतिसिंह दर्लामी लगायतले बोलेका थिए ।



