भिडियो चौतारीमूल खबर

के हुदैछ मेचीनगर नगरकार्यपालिका भित्र ?काँग्रेस,माओवादी र जसपाका मेचीनगरका नेताहरु भन्छन्—

मेचीनगर । झापाको मेचीनगर नगरकार्यपालिका भित्रको जनप्रतिनिधि र कर्मचारीबीचको अघोषित टकरावका कारण सेवाग्राही अफ्ठयारोमा परेकाछन् । जनप्रतिनिधि र कर्मचारीबीचको यो टकराव औपचारिक रुपमा बाहिर नआएको भएपनि नगरकार्यपालिका भित्रको वातावरणले यसको पुष्टि गरेको छ । केही दिन यता प्रमुख प्रशासकीय अधिकृत र कार्यापालिका बीच तितो सम्बन्ध बनेको विषय अहिले विस्तारै बाहिर आउन थालेको छ । कार्यपालिकाको बैठकले आफ्नो अधिकार क्षेत्रमा अप्रत्यक्ष हस्तक्षेप गरेर निणर्य गरिएको आरोप प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाँईले आफ्नो निकटस्थहरुलाई बताउँदै यस्तो अवस्थामा आफुलाई काम गर्न असहज भएको नगरकै एक कर्मचारीले बताए । उता, जनप्रतिनिधिहरु भने नगरका विविध कार्यहरु गर्नका लागि केही कर्मचारीहरुले अपेक्षा अनुरुप सहयोग नगरेको गुनासो गर्न थालेकाछन् । मेचीनगर नगरकार्यपालिका भित्र भुषको आगो जस्तो बनेको कर्मचारी र जनप्रतिनिधिबीचको यो जुहारीले सेवाग्राहीलाई त असर परेकोछ नै सँगै नगरको विकास निमार्णका कामहरुमा समेत अबरोध भएको नागरिकहरुको गुनासो रहेको छ । आज हामीले यसै विषयलाई लिएर नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द) र जनता समाजवादी पार्टीका नगर सभापति र अध्यक्षहरुलाई नगरकार्यपालिका भित्रको वर्तमानमा देखिएको समस्याका विषयमा जिज्ञासा राखेका थियौँ । उनीहरु भन्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button