खबर

अलमलमा नेकपा एस

टपेन्द्र कार्की
काठमाडौँ
नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अप्रत्यासित रूपमा टुटेपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता हालको सरकारलाई सर्मथन गर्ने कि अर्को पार्टीसँग एकता गर्ने भन्नेमा दोधारमा छन्। निर्वाचनको समीक्षा, वर्तमान सरकारलाई समर्थन गर्ने कि नगर्ने तथा अर्को पार्टीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न बसेका नेकपा एसका दुई वटा बैठक स्पष्ट धारणा निर्माण गर्न नसकी टुंगिएका छन्। यिनै विषयमा धारणा बनाउन बसेका नेकपा एस स्थायी कमिटी र पोलिटब्युरो बैठक निष्कर्षमा पुग्न नसकेका हुन्।

बैठकमा सहभागी नेताहरूले बैठकका अजेन्डामा प्रस्ट धारणा राख्न सकेनन्। ‘पार्टीले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनतर्फ थ्रेस होल्ड कटाउन नसकेको अवस्था र अर्को पार्टीसँग एकता गर्ने भन्ने हल्लाका बीच बसेके बैठकबाट खासै निस्कर्ष निस्किन सकेन,’ पोलिटब्युरो बैठकपछि एक नेताले भने। ती नेताका अनुसार एक सयभन्दा बढी केन्द्रीय सदस्यहरू नै मतदान गर्न र जनतासँग मत माग्न नगईकन नेताहरूविरुद्ध अभिव्यक्ति दिँदै बसेको भन्ने विषय बैठकमा प्रवेश गरेको थियो। तर नेताहरूको आलोचना गर्नेलाई कारबाही गर्ने कि त्यतिकै छुट दिने भन्नेमा पनि बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

अर्को पार्टीसँग एकता, सहकार्य, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउने र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा स्थायी कमिटी र पोलिटब्युरो दुवै बैठक टुंगोमा नपुगेपछि निर्णय गर्ने अधिकार सचिवालय बैठकलाई दिइएको छ। ‘हामीले वामपन्थीबीच पार्टी एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने विषयमा हिजो पनि काम गर्‍यौं र भोलि पनि गर्नेछौं। बैठकले यसबारे निर्णय गर्ने अधिकार र जिम्मेवारी सचिवालयलाई दिएको छ,’ नेकपा एसका प्रचार विभाग प्रमुख एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने। उनका अनुसार चाँडै यो विषयमा सचिवालयले निर्णय गर्नेछ। वर्तमान सरकारमा पार्टी सहभागी हुने वा नहुने, सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे पनि सचिवालयले नै निर्णय लिने भएको छ। ‘सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पनि हामी छलफल गर्छौं। हाम्रो सहभागिताबिना पनि सरकारले विश्वास आर्जन गर्न सक्ने भएकाले यो विषयमा सोचविचार गरी निर्णय गर्नेछौं,’ खतिवडाले भने।

स्थायी कमिटी र पोलिटब्युरो बैठकमा नेताहरूले नेकपा एमालेसँग मिलेर, एकता गरेर वा सहकार्य गरेर जानुपर्ने धारणा राखेका थिए। उनीहरूले एमालेसँग सोझै एकता गर्नुपर्छ नभने पनि अहिलेको अवस्थाले पार्टी नचल्ने बताउँदै वामपन्थीसँगको सहकार्यमा जोड दिएका थिए।नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button