मूल खबर

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक

न्युज अफ नेपाल
काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।

सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको फैसलाले रद्द भएसँगै रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो।

रास्वपाका सभापति रवि लामिछानेसँग नपालको नागरिकता प्रमाणपत्र नभएको सर्वाेच्च अदालतले फैसला गरेपछि उनको सभापति, सांसद पद गएको छ।

यही विषयमा छलफल गरेर एउटा निर्णयमा पुग्न आकस्मिक केन्द्रीय समितिको बैठको बोलाएको रास्वपाले जनाएको।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button