खबर

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई

फाइल तस्बिर
काठमाडौँ
नागरिकता विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशबाट पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको छ ।

हिजै राती बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो ।

हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।कार्यवहाक सभापति अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button