
काठमाडौ । नयाँ नेपाली गीत ‘धड्कन’एक कार्यक्रमका बीच आज उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । घनबहादुर थापाको रचना रहेको सो गीतको संगीत र संगीत संयोजन कुमार थापाले गरेकाछन् । धड्कनमा मेलीना राईको स्वर रहेको छ भने भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेकाछन्। गीतमा उषा भुजेल आनन सिंहको अभिनय रहेको छ । गीतमा सबैको मेहेनत रहेको र स्रोता र दशर्कले गीतलाई रुचाउने विश्वास संगीतकार कुमार थापाले बताए ।



