मूल खबर

कमिसन मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

न्युज अफ नेपाल
काठमाडौं ।

सरकारले नेपाल नागरिक उडडयन प्राधिकरणका, त्रिभुवन बिमानस्तलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।

थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएकाले सो बिषयमा जाँचबुझ गर्ने क्रममा उनलाई पदबाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ मन्त्रालयका सहसचिव एवम प्रवक्ता राजेन्द्रबहादुर केसीले जारी दिए ।

उनका अनुसार उक्त बिषमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button