खेलकुद

मिलानले टोटेनहमलाई हरायो

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ ।

घरेलु मैदानमा मिलानले टोटेनहमलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा पहिलो हाफमा ब्राहिम डियाजको गोल नै निर्णायक बन्यो ।

मिलानोमा मंगलबार राति भएको खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । अन्तत त्यही गोल नै मिलानको जित नै निर्णायक बन्यो ।

मिलानले आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल हुँदा टोटेनहमले खेलमा फर्कने प्रयास गरेपनि मिलानको रक्षापङ्ति तोड्न नसक्दा पहिलो लेगमा हार बेहोर्न पुग्यो ।

अब दोस्रो लेग टोटेनहमको मैदानमा ८ मार्चमा हुनेछ । मिलानलाई यही नजिता नै क्वाटरफाइनलमा पुग्न पर्याप्त रहँदा टोटेनहमलाई क्वाटरफाइनल पुग्न जितको खाँचो छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button