मूल खबर

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, सार्वजनिक बिदा

न्युज अफ नेपाल
काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाउन लागिएको हो ।

सरकारले प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने बताएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रबार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो ।

‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ यहीँ फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने मनाइँदैछ ।सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र

दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत माघ

२४ गते बसेको बैठकबाट पारित कार्यक्रम मुताबिक विभिन्न कार्यक्रम गरी मनाउन अनुरोध छ,’ सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते यो दिवस मनाईन्छ । आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button