मूल खबर

एनआइसी एसिया बैकलाई ११ हजार जरिवाना

न्युज अफ नेपाल
वीरगंज ।

वीरगंज महानगरलाई स्वच्छ सफा बनाउने अभियानविरुद्ध पटक-पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एन आइ सी एसिया बैक वीरगंज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।

महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एन आई सी एसिया बैकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगंज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगंज महानगरपालिकाले जनाएको छ ।

महानगरले विगत एक साता यता नगर क्षेत्र भित्र जथाभाबी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवानासहित कारबाही गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button