कृषि र किसानभिडियो चौतारी

चालिस हजारबाट एक करोड सम्म यसरी पुगे डिल्लीराज , भन्छन्— ‘यो मेरो मुस्कानले नै भन्छ म खुशी र सफल छु भनेर’(भिडियो सहित)

मुक्ति पौडेल
मेचीनगर । झापा मेचीनगर नगरपालिका ९ का डिल्लीराज उप्रेतीले चालिस हजारबाट शुरु गरेको आफ्नो कृषिकर्मको लगानी अहिले एक करोड माथि पुगेको छ । २०६९ सालमा उप्रेतीले डि एण्ड डि वायोप्लान्टेड नामको फर्म दर्ता गरेर फूलको नर्सरी शुरु गरेका थिए । चालिस हजारको लगानीबाट यो क्षेत्रमा यात्रा गरेका डिल्लीराजको निरन्तर मेहेनत र लगनकै कारण भन्नु पर्छ उनको नर्सरीबाट उत्पादन भएका विभिन्न जातका फूलका बेर्नाहरु अहिले काठमाडौ र धनगढी सम्मका नर्सरीमा जाने गरेको उप्रेती बताउँछन् । मासिक पाँच लाख सम्मको आर्थीक कारोबार हुने उनको यो नर्सरीमा अहिले दैनिक पाँच जना कामदारले रोजगारी समेत पाएकाछन् । फूल नर्सरीबाट उत्साहित भएका उप्रेतीले यसका अलवा तरकारी खेती समेत गर्ने गरेको उनी बताउँछन् । फूल नर्सरी र तरकारी खेतीबाट आफु सन्तुष्ट भएको उनको भनाई छ । मेचीनगर ९ मा उनको फूलको नर्सरी रहेको छ भने बिर्तामोडमा करिब ७ बिघाहामा उनले तरकारी खेती समेत गरेकाछन् । आफ्नो कामप्रति ईमानदारीका साथ लागे त्यसको परिणामबाट सन्तुष्ट हुन सकिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button