कला

आलियाको आपत्ती

न्युज अफ नेपाल
बलिउड अभिनेत्री आलिया भद्मले भारतीय सञ्चारमाध्यम ई टाइम्सविरुद्ध उजुरी दिएकी छन्। हालै ई टाइम्सले आफ्नो घरमा समय बितँइरहेकी बेला अनुमति विना फोटो खिचेर प्रकाशन गरेको थाहा पाएपछि उनले मुम्बई पुलिसमा उजुरी दिँदै मद्दत मागेकी हुन्।

ई टाइम्समा कार्यरत दुई व्यक्तिले आफ्नै घरमा बसिरहेकी आलियाको फोटो लुकिछिपी खिचेका थिए। ईटाइम्सले प्रकाशित गरेको उक्त फोटो इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै उनले लेखेकी छन् के तपाईं मेरो साथ मजाक गर्दै हुनुहुन्छ? म दिउँसो आफ्नो घरको बार्दलीमा आराम गरिरहेकी थिएँ, मलाई कसैले हेरिरहेको अनुभव भयो। दुई व्यक्ति मेरो घरनजिकै बनेको बिल्डिङमाथिबाट मतिर क्यामेरा फर्काएर बसिरहेका थिए। के यो गोपनीयताको हनन भएन र?

यो खबर बाहिरिसएसँगै बलिउड स्टारहरुले आलियाको पक्षमा आफ्नो राय दिइरहेका छन्। नायक अर्जुन कपुरले इन्स्टाग्राम ह्यान्डलमा सेयर गर्दै यो कार्य निकै लाजमर्दो रहेको बताएका छन्।

त्यस्तै, करण जोहर, जान्ह्वी कपुरलगायतका कलाकारले आलियाको समर्थन गरेका छन्। यसभन्दा अघि पनि आलिया तथा विराट कोहलीको छोरी वामिकाको फोटो लिक भएको थियो भने उनीहरुको होटलको कोठाभित्रको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। होटलका एक कर्मचारीले खिचेको उक्त भिडियो सामाजिक सञ्जालमा लिक भएपछि आलिया निकै रिसाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button