भिडियो चौतारी

कता गयो मेचीनगर —८को सेनेटरी ल्याण्ड फिल्ड योजना ?(भिडियो सहित)

मुक्ति पौडेल
मेचीनगर । झापा मेचीनगर नगरपालिका वडा नं ८को सेनेटरी ल्याण्ड फिल्ड योजना स्थगन भएसँगै ५०लाख रुपैयाँ अलपत्रको अवस्थामा परेको छ ।
बायोग्याँस प्लाण्ट, फोहोर प्रसोधन केन्द्र, कम्पोष्ट मल उत्पादन तथा फोहोर ब्यवस्थापन लगायतका उदेश्य सहित मेचीनगर — ८को १६ बिघाह जग्गा क्षेत्रफलमा निमार्ण गर्ने भनिएको यो योजनाका लागि ठेकेदार कम्पनीसँग संझौता बमोजिम दिइएको ५० लाख अलपत्र परेको हो । स्थानीयको बिरोधका कारण योजना स्थगन भएको बुझिएको छ । ल्याण्ड फिल्ड योजना सम्पन्न गर्नका लागि २०७७ सालमा पर्खाल, शौचालय, सडक र कार्यालयका लागि शान्ति उदेश्य जेवी कम्पनीसँग गरिएको संझौता अनुसार सो कम्पनीलाई मेचीनगर नगरपालिकाबाट ५०लाख भुक्तानी गरिएको थियो । संघीय बजेट अन्तरगत निमार्ण हुन लागेको यो योजना मेचीनगर नगरपालिका मार्फत भुक्तानी भएको थियो ।२०७७साल असार ३१गते कम्पनीसँग संझौता गरेर नगरपालिकाले भुक्तानी गरेको थियो । ३ करोडमा ठेक्का संझौता भएको योजना स्थानीयकै बिरोधका कारण अनुकुल अवस्था नभएकाले काम गर्न नसकेको ठेकेदार कम्पनीको दावी रहेको छ । कम्पनी र नगरपालिकाबीच संझौता भएको र संझौता अनुसार कम्पनी काम गर्न तयार रहेकोमा काम गर्ने वातावरण नभएकाले संझौताम उल्लेख भएका कार्यहरु गर्ने अवस्था नभएको कम्पनीको दावी छ ।मेचीनगर ८ मा रहेको विद्योदय प्राबि र आदर्श माबिको १६ बिघाह क्षेत्रफलमा ल्याण्ड फिल्ड योजना निमार्ण गर्नका लागि बिध्यालयसँग समेत संझौता भएको बुझिएको छ । योजनाका विषयमा वडा नं ८का वडाध्यक्ष गिरीराज धमलाले दुःख व्यक्त गर्दै भने—‘ आपसी समझदारीका साथ योजना सम्पन्न भएको भए वडाको विकासमा महत्वपूर्ण योगदान हुने थियो , यो योजनाले राम्रो नै गर्ने थियो यसबाट कसैलाई घाटा हुने थिएन’ । ल्याण्ड फिल्ड साइड र प्रसोधन केन्द्रका बारेमा जानकारी गराउन नगरपालिकाले स्थानीयलाई अवलोकन भ्रमण पनि गराएको स्थानीय कुमार गिरी बताउँछन् । गिरी भन्छन— हामीले अवलोकन भ्रमणमा देखे जस्तै गर्ने हो भने यो एकदमनै राम्रो छ । स्थानीयले रोजगारी पनि पाउने र फोहरको ब्यस्थापन पनि हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button