खबर

काठमाडौंमा लघुवित्त र मिटरब्याजी पीडितको आन्दोलन

गोरखापत्र अनलाइन
काठमाडौं। लघुवित्त र मिटरब्याजी पीडितले काठमाडौंमा आन्दोलन गरेका छन्। मङ्गलबार लघुवित्त वित्तीय संस्थाको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितले विरोध प्रदर्शन गरेका हुन्। विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरुले मङ्गलबार संयुक्त विरोध प्रदर्शन गरेका हुन्।

५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडित भेला भएर संयुक्त आन्दोलन गरेका हुन्। उनीहरुले लघुवित्त र मिटरब्याजीले ऋण मिनाहा गर्नुपर्ने, किसानलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्।

लघुवित्तीय संस्थाले फिर्ता नहुने गरी केन्द्र बचतको नाममा विगत ३० वर्षदेखि गरेको प्रति सदस्य शुल्क फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक पुनःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋण बाहेकका विभिन्न नाममा गरिएको बचतकर्ताको रकम हिसाब गरेर फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्।

आन्दोलनमा सहभागीले ‘समाजवादी अर्थतन्त्रको विकास गर्’, ‘आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर’, ‘आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर’ लगायतका प्लेकार्ड बोकेर आन्दोलन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button