भिडियो चौतारी

पत्रकार सम्मेलनमा बिध्यार्थीले बिज्ञप्ति च्यातेपछि बिथोलियो पत्रकार सम्मेलन —यस्तो थियो पत्रकार सम्मेलनको दृश्य —भिडियो सहित)

मेचीनगर । झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी असहज परिस्थितिका कारण तत्कालका लागि निर्वाचनको वातावरण नभएको जनाउँदै चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको जनाएको छ भने पत्रकार सम्मेलन शुरु हुनासाथ बिध्यार्थीहरुले बिज्ञप्ति थुतेर च्यातेपछि पत्रकार सम्मेलन पनि बिथोलिएको थियो । स्ववियु निर्वाचनमा सहभागि भएका बिध्यार्थी संगठनका बिध्यार्थीहरुले पत्रकार सम्मेलन स्थलमै चैत ५ मा निर्वाचन गर्नु पर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button