मूल खबर

काँकरभिट्टा क्याम्पसमा स्ववियु चुनाव आज

काँकरभिट्टा। काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन आज हुदैछ ।

आज(शुक्रबार) बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक हेमकुमार खडेकाले बताए ।

कुल ६१६ जना मतदाता रहेको स्ववियु निर्वाचनको लागि मतदान सहज होस भन्नका लागि २ वटा केन्द्र स्थापना गरिएको छ । क्र।सं ०१ देखि ३०० सम्म मतदान केन्द्र ‘क’ मा र क्रसं ३०१ देखि ३१६ सम्म मतदान केन्द्र ‘ख’ मा मतदान हुने उनले बताए ।

त्यस्तै निर्वाचन प्रयोजनका लागि दर्ता भएका ५ वटा संघ, संगठन, समूहबाट ४÷४ जनाको दरले बुथ प्रतिनिधिको व्यवस्था गरिएको निर्वाचन समिति सचिव लम्बोदर पौडेलले बताए ।

यसैबीच निर्वाचन समितिले क्याम्पस परिसरलाई मतदान स्थलको रुपमा घोषण गरेको छ । मतदान परिसरमा निर्वाचन समितिका पदाधिकारी, क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी बाहेक सञ्चालक समितिका पदाधिकारी, जनप्रतिनिधिहरु, पत्रकारहरु, वर्तमान स्ववियुका पदाधिकारीहरु र स्थानीय राजनीतिक दलका १÷१ जना प्रमुख एवम् प्रतिनिधिहरुलाई पर्यवेक्षकका रुपमा प्रवेश पत्रको व्यवस्था गरिएको हुँदा निर्वाचन समितिले तोकेको स्थानबाट मात्र सुपरिवेक्षण एवम् अवलोकन गर्न पाउने निर्वाचन समिति सदस्य दुर्गाबहादुर लुईटेलले जानकारी दिए ।
यस निर्वाचनले प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ७ जना गरी कुल १५ सदस्यीय स्ववियु गठन गर्नेछ ।

चैत ५ गते स्थगित भएको स्ववियु निर्वाचन त्रिभूवन विश्वविद्यालयले देशै भरका सम्पूर्ण आंगिक एवम् सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुमा एकै पटक निर्वाचन गर्ने निर्णय गरेता पनि यस क्याम्पसमा विद्यार्थी संगठनहरुको विवादले निर्वाचन स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button