खेलकुद

अग्रता जोगाउन नसक्दा आर्सनल रोकियो

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ ।

आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुलका गाव्रिएल मार्टिनेली र गाव्रिएल जेससले गोल गर्दा लिभरपुलका मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोले बराबरी गोल फर्काए ।

एनफिल्डमा आइतबार राति भएको खेलमा आर्सनलले खेलको आठौं मिनेटमा मार्टिनेलीको गोलबाट अग्रता लिन सफल भएको थियो । बुकायो साका, मार्टिन ओडेगार्ड र मार्टिनेलीले लिभरपुलको डिफेन्स चिर्दै अघि बढाएको बल भर्जिल भान डाइकलाई लाग्दै मार्टिनेलीसम्म पुग्दा उनले सहजै फिनिस गरे ।

२८औं मिनेटमा आर्सनलले अग्रता दोब्बर बनायो । गाब्रिएल जेससले मार्टिनेलीकै पासमा गोल गर्न सफल भए । तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । ४२औं मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई २–१ को स्थितिमा ल्याउदै टोलीलाई खेलमा फर्काउने संकेत दिए ।

५४औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुल बराबरीबाट चुक्यो । रोव होल्डिङले पेनाल्टी बक्समा डिएगो जोटालाई फउल गेपछि प्राप्त पेनाल्टीमा सलाहको प्रहार बाहिरियो ।

Soccer Football – Premier League – Liverpool v Arsenal – Anfield, Liverpool, Britain – April 9, 2023 Arsenal’s Gabriel Martinelli celebrates scoring their first goal with Martin Odegaard and Bukayo Saka REUTERS/Phil Noble EDITORIAL USE ONLY. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or ‘live’ services. Online in-match use limited to 75 images, no video emulation. No use in betting, games or single club /league/player publications. Please contact your account representative for further details.

त्सपछि निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट जोगाँउदा आर्सनललाई जितबाट वञ्चित गराए । ७८औं मिनेटमा फविन्होको स्थानमा मैदान छिरेका फिर्मिनाले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए ।

यस बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलले आफ्नो अग्रता थप बढाउने मौका गुमाएको छ । आर्सनलले शीर्षस्थानमा ६ अंकको अग्रता कायम गरेको छ।

आर्सनलको ३० खेलबाट ७३ अंक रहँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६७ अंक छ । लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा छ।

हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button