कला

‘माया जाने हो त ट्याक्टरमा’ सार्वजनिक

गोरखापत्र अनलाइन
काठमाडौँ । आर्टमान्डुले नयाँ म्युजिकल चलचित्र ‘माया जाने हो त ट्याक्टरमा’ सार्वजनिक गरेको छ। गीतको भिडियोमा सम्रान्त थापा, अञ्जना बराइली र प्रकाश नेपालीको अभिनय छ।

ट्याक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेश देखाउने गीत सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको स्वर तथा सङ्गीत रहेको छ।

पाँचथर, इलामको सिमानामा रहेको सप्तमी बजारमा गीतको छायाङ्कन गरिएको छ। गीतमा नवीन चौहानको कथा, स्क्रिनप्ले र निर्देशन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button