खबर

श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने

कोलम्बो (एएफपी) : आर्थिक रूपमा संकटग्रस्त श्रीलंकाले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बुधबार बताएका छन्। लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलंकामा प्रशस्त पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन्)ले संकटापन्न वन्यजन्तुको रूपमा वर्गीकृत गरेको छ।

श्रीलंकाले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ। देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको यो एसियाली मुलुकले प्रस्तावित बिक्रीबाट कमजोर अर्थतन्त्रमा योगदान हुने बताएको छ। बिक्रीको प्रस्ताव सार्वजनिक गरिए पनि बाँदरलाई कति मूल्य लिएर दिने भन्ने आर्थिक विवरण भने उपलब्ध गराइएको छैन।

कृषिमन्त्री महिन्दा अमरवीराले एएफपीसँग भने, ‘उनीहरूले चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर चाहेका छन्। मैले अनुरोधको अध्ययन गर्न र हामी यो कसरी गर्न सक्छौं भनेर हेर्न एक समिति गठन गरेको छु।’

बाँदरले कृषिबालीलाई क्षति पुर्‍याउने र यिनीहरूको संख्या अत्यधिक भएका कारण श्रीलंकामा कृषकको शत्रुका रूपमा बाँदरलाई लिने गरिन्छ। तिनीहरूले अन्नको खोजीमा बालीनाली नष्ट गर्छन्, गाउँहरूमा आक्रमण गर्छन् र कहिलेकाहीँ मानिसलाई समेत आक्रमण गर्छन्।

श्रीलंकाले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जंगली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ।अन्नपूर्ण पोष्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button