
मेचीनगर । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा(एस) मेचीनगर कमिटीले शनिबार झापाको धुलाबारीमा दीप प्रज्वलन गरेको थियो। धुलाबारी मोडमा आयोजित सो कार्यक्रममा सो पार्टीका केन्द्र, जिल्ला र नगरका नेताहरुको उपस्थिति रहेको नगर कमिटीका अध्यक्ष हरि तिम्सिनाले बताए।







