खबर

बाजुरामा मध्यराति भूकम्पको झड्का

बाजुरा —सुदूरपश्चिम प्रदेश बाजुरा केन्द्र बिन्दु भएर मध्यराति ५.९ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका जिल्लाहरुका अतिरिक्त देशका विभिन्न भागमा पनि महसुस गरिएको थियो।

भूकम्पसँगै मानिसहरूको भागाभाग भएको थियो। यद्यपि कूनै भौतिक तथा मानवीय क्षतिको विवरण भने बाहिर आएको छैन।

पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ।Sagarmatha TV

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button