काठमाडौं । एसीसी प्रिमियम लिगको सेमिफाइनल खेल आज हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले कुवेतसँग भिड्नेछ भने मुलपानी मैदानमा युएई र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाल ४ खेलमा ३ मा जीत र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपविजेता कुवेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।
यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच हुनेछन् ।
युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह ‘बि’बाट विजेता र ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकसहित समूह ‘ए’बाट सेमिफाइनलमा पुगेको हो ।
दुवै सेमिफाइनल खेल ९ बजे सुरु हुनेछ । जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् ।जनता समाचार



