
जनता समाचार
धनगढी । धनगढी उपमहानगरपालिकामा एक व्यक्तिले छोराको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
वडा नम्बर ६ स्थित मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले छोराको हत्या गरेका हुन् । महेशकुमारले
शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसर्पण गरेका हुन् ।
प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीका अनुसार महेशकुमारले छोराको टाउकोमा हिर्काएर हत्या गरेको बयान दिएका छन्र । हत्या गर्नुको कारण भने खुलेको छैन ।



