
मेचीनगर । मेचीनगर ७ स्थित अरनिको माबिमा लागु औषध र दुव्र्यसनी बिरुद्धको कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रहरुी नायब उपरिक्षक दीपक भारतीले लागु औषध र साईबर अपराधका बारेमा जानकारी गराएका थिए । बिध्यालयका कक्षा ८ देखि कक्षा १० सम्मका बिध्यार्थीहरुलाई भारतीले सचित्र जानकारी गराएका थिए । सो कार्यक्रममा मेचीनगर वडा नं ७का वडा अध्यक्ष प्रल्हादमणी ओली , मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले लगायतले बोलेका थिए । समुदाय —प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत यस प्रकारका चेतनामूलक कार्यक्रम आगामी दिन समेत निरन्तर रुपमा संचालन गरिरहने भारतीले बताए ।


