एजेन्सी – हर्था बर्लिनलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । हर्था बर्लिनलाई पराजित गरेपछि तथा अघिल्लो दिन शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएपछि बायर्नले शीर्षस्थानमा १ अंकको अग्रता लिन सफल भएको हो ।
घरेलु मैदानमा बायर्नको जितमा सर्ज नाब्री र किङ्सले कोमानले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एलिएन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलमा पाहुना टोली हर्थाले बलियो बायर्नलाई पहिलो हाफमा बराबरी रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।
६९औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । उनले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएका थिए । ७९औं मिनेटमा किङ्सले कोमानले किम्मिखकै पासमा गोल गर्दै बायर्नको जित पक्का गरे ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको ३० खेलबाट ६२ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा झरेको डर्टमुन्डको ६१ अंक छ । पराजित हर्था २२ अंक जोडेर पुछारमा छ ।हाम्रो खेलकुदबाट ।



