मूल खबर

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकले अपराध गर्नेलाई राज्य संयन्त्रले कानुनी कठघरामा उभ्याउन खोज्दा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने औंल्याएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले जारी राखेको अनुसन्धानमा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने कांग्रेसले जनाएको छ ।

ठगी गिरोहमा संलग्न भएको आशंकामा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई नक्कली भुटान शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्नेमा कांग्रेसकै केही नेताको पनि संलग्नता रहेको चर्चा भइरहेका बेला पदाधिकारी बैठकले दोषीलाई कारबाही हुनुपर्ने जनाएको हो ।नागरिक दैनिकमा छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button