मूल खबर

‘माई वर्ल्ड रिकन्डिसन हाउस एण्ड सर्भिस सेन्टर’ सञ्चालनमा

काँकरभि‘ट्टा । झापाको मेचीनगर—७ आयाबारीमा सुविधा सम्पन्न रिकन्डिसन हाउस एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।

ओमप्रकाश खापुङ संचालक रहेको आयाबारीमा ‘माई वर्ल्ड रिकन्डिसन हाउस एण्ड सर्भिस सेन्टर’ नामक रिकन्डिसन हाउसको सोमबार विधिवत् रुपमा संचालनमा आएको हो । रिकन्डिसन हाउसको उद्घाटनका अवसरमा जनप्रतिनिधि लगायतले शुभकामना दिएका थिए ।

सवारी मर्मत सम्बन्धी सम्पूर्ण काम हुने यस ‘माई वर्ल्ड रिकन्डिसन हाउस एण्ड सर्भिस सेन्टर’ले युवाहरुलाई रोजगार बनाउने उद्देश्यका एक नयाँ योजनासमेत अघि सारेको छ । कार्यक्रममा रिकन्डिसन हाउसका सेवाहरुबारे जानकारी दिदै सञ्चालक खापुङले दक्ष, लगनशिल र केहि गर्न चाहने युवाहरुलाई रिकन्डिसनले नै सिटि सफारी किनिदिने पनि बताए ।
‘हामी आफ्नै लगानीमा सिटि सफारी किनेर दिनेछौँ, त्यसबापत केहि निश्चित रकम तोकिएको हुन्छ उक्त सामान्य रकम बुझाएर जझारु युवाहले सिटि सफारी लिन सक्छन् ।’ उनलेृ भने ‘काम गर्न चाहने युवाहरुसँग सिटि सफारी किन्न पैसा हुँदैन जसलाई मध्यनजर गर्दै हामीले यस योजना अघि सारेका हौँ।’साथै उनले अहिले नै यस रिकन्डिसन हाउसमा १५ जना युवाले रोजगारी पाइरहेको पनि बताए । उक्त कर्मचारीहरुलाई यस सम्बन्धी उचित ज्ञान नभएकाले ३ जना भने भारतीय युवाहरु पनि रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button