
बिर्तामोड— बिर्तामोड नगर क्षेत्रका सुकुम्वासीले आफ्ना समस्या समाधानका लागि नगरका उप प्रमुख नगेन्द्र संग्रौलालाई सोमबार ज्ञापन पत्र बुझाएकाछन् । बिर्तामोड सुकुम्वासी संर्घर्ष समितिका तर्फबाट नगर क्षेत्रमा रहेका सुकुम्वासीको समस्या यथा शिघ्र समाधानका लागि दबाव स्वरुप ज्ञापन पत्र बुझाईएको अध्यक्ष याम ओलीले बताए । बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सुकुम्वासीलाई यथाशिघ्र धनीपूर्जा प्राप्तिका लागि नगरपालिकाले पहल गर्नु पर्छ भन्ने हाम्रो बुझाई हो ओलीले चौतारी पोष्ट अनलाइनसँग भने । ज्ञापन पत्र बुझाउन समितिका उपाध्यक्ष रामकुमार खवास,सचिव शुभद्रा ढकाल लगायतको उपस्थिति रहेको ओलीले बताए ।




