भिडियो चौतारीमूल खबर

पानी महशुल नबुझाएपछि काँकरभिट्टा खानेपानीले काटिदियो मेचीनगर नगरपालिका कार्यालय परिसरका पानीका धारा(भिडियो सहित)

मेचीनगर । झापाको मेचीनगर नगरपालिका कार्यालयले लामो समयदेखिको पानीको महशुल नबुझाएपछि कार्यालय परिसरका दुई ओटा धारा काटिएकाछन् । आज (बिहिवार) काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरीको उपस्थितिमा खानेपानीका कर्मचारीले धारा काटिदिएका हुन् ।उपाध्यक्ष गिरीका अनुसार मेचीनगर नगरपालिका मातहतका १४ ओटा पानीका धारा मध्ये आठ ओटा धाराको पानीको महशुल नगरपालिकाले लामो समयदेखि नबुझाएका कारण बाध्य भएर धारा काट्नु परेको बताए । उनले करिब सात लाख भन्दा धेरै रकम भएको तर पटक पटक जानकारी गराएर रकम भुक्तानका लागि अनुरोध गर्दा समेत बेवास्ता गरेकाले बाध्य भएर आज धारानै काट्नु पर्ने अवस्था भएको गिरीको भनाई छ ।पानी महशुलको भुक्तानीका लागि नगरपालिका कार्यालयमा धेरै पटक धाउँदा समेत भुक्तानी नभएकाले नियमानुसार आज(बिहिवार)दिउँसोबाट नगरपालिका कार्यालय परिसरका धारा बिच्छेद गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button