मूल खबर

आफ्नै ज्यानमा आगो लगाउने महिलाको उपचारको क्रममा मृत्यु

न्युज अफ नेपाल
काठमाडौं ।

आफनै जीउँमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी सीताराम रिजालका उपचारको क्रममा उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो । प्यारालाइसिसले ग्रस्त श्रीमान मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती श्रेष्ठले हिजो दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।

गोले जल्दै डेरावाट निस्के पछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पतालमा ल्याईएको थियो । जसको उपचारको क्रममा उनकोअस्पतालमा निधन भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button