खबर

नागरिकता विधेयकबारे छलफल

काठमाडौँ। मन्त्रीपरिषद् बैठकमा नागरिकता विधेयक प्रमाणीकरण विषयमा छलफल भएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबारको मन्त्रीपरिषद् बैठकमा नागरिकता विधेयकमाथि पनि सामान्य छलफल भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “मन्त्रीपरिषद् बैठकमा नागरिकता विधेयकको विषय पनि प्रवेश भएको थियो। राष्ट्रपतिज्यूले संविधानभित्र रहेर, संविधानको अधिकार प्रयोग गरेर प्रमाणीकरण हुन्छ भन्ने हाम्रो विश्वास हो।”गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button