सम्पादकीय

लेखा शाखामा कर्मचारी थप ।


मेचीनगर नगरपालिकाको लेखा शाखामा असार २८ गते भएको घटनाको विषय अहिले सम्बन्धित पक्ष र सरोकारवालाहरुको उपस्थितिमा मिलेको छ । कर अधिकृत चक्रपाणी खनाललाई  अभद्र ब्यवहार हुन गएकोप्रति व्यवसायी कल्याण खड्काले विज्ञप्ति जारी गर्दै क्षमायाचना समेत गरिसकेकाछन् । पक्कै पनि यो दुःखद घटना हो यस्तो हुनहुदैनथ्यो र आउने दिनमा पनि हुनुहुदैन । आवेश, आक्रोश वा कुनै अरु कारणले पनि यस्तो गल्ती गर्न हुदैन तर मान्छेलेनै गल्ती गर्ने र गल्ती गरेको महशुष गर्ने आफुबाट भएको गल्तीप्रति खड्काले सार्वजनिक रुपमा क्षमायाचना गर्नुले उनको कद घटेन बरु आउनेदिनका लागि पनि शिक्षा नै भयो । जे नहुनु पर्ने थियो त्यो भयो अहिले आएर सम्बन्धित पक्ष र यो विषयसँग सरोकार राख्ने पक्षबीच भद्रतापूवर्क सहमति पनि भएको छ यो राम्रो पक्ष पनि हो । गल्ती गर्नेले गल्ती स्विकार गर्नु र गल्ती गर्नेलाई क्षमा दिनु आफैमा मानवीय पक्ष पनि हुन् । तर, असार २८ गते लेखा शाखामा भएको घटना असार ३१ मा भएको सहमतिले सधैका लागि समाप्त भयो त ? अब फेरि यस्तो दुःखद घटना हुदैन त ? अर्थात फेरिफेरि यसप्रकारका घटना हुन नदिने बारेमा नगर प्रशासन र हाम्रा जनप्रतिनिधि ज्युहरुले केही सोच्नु भयो या जे भयो सहमति भयो राम्रै भयो भनेर मन बुझाउनु भएको छ ?त्यो दिन कल्याण खड्का किन आवेशमा आए ? भलै खड्काले खनाललाई गरेको ब्यवहार शोभनीय थिएन र होइन पनि तर यसको कारक पक्ष भनेको लेखा शाखामा हुने कामको चाप र कर्मचारीको संख्या मिलेको छ ?अन्य शाखामा भन्दा भीड लाग्ने लेखा शाखामा अहिले जति कर्मचारीहरुछन् यो पर्याप्त छ त ? यस विषयमा गंभीरतापूवर्क नगर नेतृत्वले सोच्न जरुरी छ । सिङ्गो नगरको आर्थीक हिसाबकिताब हुने शाखामा त्यहाँको कामको चाप र सेवाग्राहीलाई शुलभ ढङ्गले सेवा दिनका लागि यस अघिनै पनि कर्मचारी संख्या अपुग भएको कुरा त स्वयम् त्यँहीकै कर्मचारीहरुबाट सुनिएको हो ।तर, किन नगर नेतृत्व मौन बस्यो ?
भन्नै पर्दा नगरपालिकाको सबै भन्दा धेरै सेवाग्राही त्यस माथि पनि आर्थीक कारोबार हुने शाखामा आवाश्यकता भन्दा कम कर्मचारीहरु भएपछि कामको तनावमा रहेका कर्मचारी र सेवाग्राही बीच अर्को तनाव जन्मन पुगेको हो भन्ने कुरालाई नजरअन्दाज गर्न सकिदैन । आउने दिनमा यसप्रकारका घट्ना हुनुहुदैन, नगरका नागरिक अर्थात सेवाग्राही र कर्मचारीबीच हार्दिकतापूवर्क सम्बन्ध हुनु पर्छ तर यसको ब्यवस्थापन गर्ने काम भनेको नगरपालिकाको नेतृत्वको हो यसर्थ यसको समाधानको बैकल्पको रुपमा रहेको लेखा शाखामा कामको चापलाई मनन गरेर कर्मचारी संख्या तत्काल थपेर जानुनै सबैको हितमा देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button