मूल खबर

इजरायलबाट तीन सय ५० नेपालीलाई स्वदेश फर्काइँदै

काठमाडौं । इजरायलमा रहेका तीन सय ५० जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेको तेल अविवमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले सुरु गरेकाे अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म तीन सय ५० भन्दा बढीको विवरण प्राप्त भएको छ र उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको दुतावासद्वारा जारी विज्ञप्तिमा जनाएकाे हाे ।

हमासको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार हराइरहेका एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा तिब्र पारिएको छ ।

इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।

इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले विज्ञप्तिमा जनाएको छ ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button