मूल खबर

एमसीसी अन्तर्गतको ३ वटै प्रसारणलाइनको ठेक्का रद्द

काठमाडौं ।

एमसीसी परियोजना अन्तर्गत बन्ने प्रसारणलाइन आयोजनाको लागि आह्वान भएको ठेक्का रद्द गरिने भएको छ । एमसीसीले गरेको लागत अनुमान भन्दा अस्वभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि एमसीसीले नै ठेक्का रद्द गर्न भनेको हो ।

यस संगै अब आयोजना कार्यान्वयन गर्ने एमसीए नेपालले ठेक्का रद्द गरि पुनस् ठेक्का खुलाउने छ । एमसीए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

एमसीए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको थियो । पहिलो समुहमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै, रातमाटे(दमौली ९० किलोमिटर लामो चार सय केभी दोस्रो समुहमा रहेका छ । न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइन तेस्रो समुहमा समेटिएको छ ।

एमसीसीले यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान गरेको छ । तर ठेक्कामा न्युनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो। बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउने भएको हो ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button