मूल खबर

सरकारी निकायमा ‘घुस’को विगविगी

विशेष गरि मालपोत, नापी, यातायात, वैदेशिक रोजगार, श्रम, स्थानीय तह, जिल्ला प्रशासन, राजश्व कार्यालय, सिचाई, खानेपानी, सडक लगायतका सरकारी कार्यालय घ्ुस्याहा कर्मचारीको अखडाका रुपमा रहेको छ ।

काठमाडौं ।

पछिल्ला घट्ना
घट्ना नं १: असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे
घट्ना नं २: असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका असिष्टेन्ट सब इञ्जिनियर विजयलक्ष्मी पन्त २५ हजार घुस सहित पक्राउ
घट्ना नं ३: असोज १२ गते भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुस सहित पक्राउ
घट्ना नं ४: विष्णुपुर गाउपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव २ लाख रुपैया घुस सहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशन टोलीले विशेष सूचनाका आधारमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाएको हो ।

माथि उल्लेखित घटना प्रतिनिधिमूलक घट्ना मात्रै हुन । मुलुकमा सुशासनको कमी भएको आवाज उठिरहेको बेला यस्ता घटनाहरु दिन दिनै सार्वजनिक हुने गरेका छन । अख्तियारले पछिल्ला दुई महिनामा मात्रै २० जना भन्दा बढि सरकारी कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ । तर सरकारी कर्मचारी घुस सहित रंगेहात पक्राउ पर्न थालेपछि त्यस्ता कर्मचारीले बिचौलिया र एजेन्ट मार्फत घुस रकम असुल गरेर अख्तियार लगायतको निकायबाट बच्ने प्रयास गरेको पाइन्छ ।

विशेष गरी कार्यालय प्रमुख र उच्च तहका कर्मचारीले घुस लिने काम विचौलिया र एजेन्ट मार्फत गर्ने भएकाले उनीहरु उम्कने गरेको अख्तियारका अधिकारीहरुको दावी छ । अख्तियारले रंगेहात पक्राउ गरेको क्रम हेर्दा प्राय तल्लो स्तरका कर्मचारी मात्रै पर्ने गरेको देखिएको छ । अमीन, कार्यालय सहयोगी, खरिदार, सुव्वा र अधिकृत तहका कर्मचारीहरु बढि मात्रामा पक्राउ पर्ने गरेको अख्तियारले जनाएको छ । उपसचिव, सहसचिव र सचिवस्तरका कर्मचारीहरु रंगेहातमा खासै पक्राउ पर्ने गरेका छैनन् ।

फरक फरक कार्यालयका कर्मचारीले घुस खादा फरक फरक विचौलिया र एजेण्टहरु प्रयोग गरेको पाइएको छ । अख्तियारका अनुसार मालपोत कार्यालयका कर्मचारीले लेखापढी व्यवसायी तथा अन्य विचौलिया मार्फत घुस खाने गरेका छन् भने आन्तरिक राजश्व कार्यालयका कर्मचारीले अडिटर मार्फत घुस खाने गरेको भन्दै त्यसतर्फ ध्यान दिन अख्तियारलाई आग्रह गरेको पाइएको छ ।

यस्तै यातायात व्यवस्था कार्यालयका कर्मचारीले ड्राइभिङ इन्स्टिच्युट, बस व्यवसायी, ट्रक व्यवसायी तथा अटोमोबाइल लिडर मार्फत सेटिङमा घुस खाने गरेको आरोप लाग्दै आएको छ । यसरी कार्यालय र क्षेत्र पिच्छे कर्मचारीको घुस खाने तरिका र पद्धति फरक छ र एजेण्टहरु पनि फरक फरक हुने गरेको पाइन्छ । सरकारी कर्मचारीमा घुस प्रतिको आकर्षण प्रतिदिन बढ्न थालेको छ । घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध परिरहेको पाइएको छ । केही सरकारी कार्यालय भने घुस लिने र दिने अखडाको रुपमा विकास हुदै आइरहेको स्रोतको दावी छ ।

अख्तियारका एक अनुसन्धान अधिकृतका अनुसार घुस खाने कर्मचारीले प्रयोग गर्ने तौरतरिका समेत फेरिदै जान थालेको छ । विशेष गरि मालपोत, नापी, यातायात, वैदेशिक रोजगार, श्रम, स्थानीय तह, जिल्ला प्रशासन, राजश्व कार्यालय, सिचाई, खानेपानी, सडक लगायतका सरकारी कार्यालय घु स्याहा कर्मचारीको अखडाका रुपमा रहेको छ ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button