खबर

आईसीसी टी–२० विश्वकप एसिया छनोट: मलेसियामाथि नेपालकाे सानदार जित

काठमाडौं ।

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले दोस्रो खेलमा मलेसियामाथि सनसनीपूर्ण जित निकालेको हो। १६६ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि कुशल मल्लले विष्फोटक पारी खेले। उनले ३४ बलको सामना गर्दै ६५ रन बनाएर आउट भएका थिए। यसअघि ओपनर कुशल भुर्तेलले पनि विष्फोटक सुरुवात दिलाएका थिए। उनले २४ बलको सामना गर्दै ४३ रनको योगदान दिए। यस्तै अर्का ओपनर आशिफ शेखले २३ बलको सामना गर्दै ३२ रन बनाए।

भुर्तेललाई पहिलो, आशिफ दोस्रो, कप्तान रोहित पौडेल तेस्रो र मल्ललाई नेपालले चौथो विकेटका रुपमा गुमाएको हो। कप्तान पौडेल २ रन बनाएर पेविलियन फर्किएका थिए। नेपालका लागि यस्दै सन्दीप जोराले १६ बलको सामना गर्दै १८ रन बनाए। विवेक यादवले नटआउट दुई रन जोडे।

यता टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। नेपालका तर्फबाट अभिनाश बोहोराले चार विकेट लिएका थिए। रोहित पौडेल, गुल्शन झा र सन्दीप लामिछानेले एकरएक विकेट लिएका थिए।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button