खबर

आइसीसी विश्वकम छनाेटका लागि नेपाल र युएईबीच सेमिफाइनल आज

काठमाडाैं । आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज नेपालले युएईसँग खेल्दैछ । खेल बिहान-११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ ।

विजेता टोलीले २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ । नेपाली टिमकाे रोहित पौडेल र युएई टिमको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्नबाट चुकेकाे थियाे । नेपाल घरेलु मैदानमा त्यो हारको बदला लिँदै विश्वकपमा छनोट हुन चाहन्छ ।

आजको अर्को सेमिफाइनल खेलमा टीयु क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।

नेपाल र यूएईबीच टी-२० मा अहिलेसम्म ८ खेल भएका छन् । जसमध्ये नेपाल र यूएईले चार चार खेल जितेका छन् । अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो । समूह चरणमा नेपालले यूएईविरूद्धका दुवै खेल जितेको थियो ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button