खबरभिडियो चौतारी

अझै फेला परेन दर्जीको मोटरसाईकल!

मेचीनगर । काँकरभिट्टा स्थित महेन्द्रद्धार सहकारी संस्थाको कार्यालय परिसरबा बाट गत असोज ४ गते हराएको तिलक दर्जीका नाममा रहेको मोटरसाईकल अझै फेला परेको छैन । चौतारी पोष्ट अनलाइनका प्राविधिक सहयोगी समेत रहेका नेहाल दर्जीले प्रयोग गर्ने गरेको सो मोटरसाईकल खोजीका लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा तिलक दर्जीले भोली पल्टै जाहेरी समेत दिएका थिए । सिसि क्यामेराका आधारमा उक्त मोटर साईकल अपरिचित ब्यक्तिले चलाएर काँकरभिट्टाबाट भारतको पानी टैंकीतर्फ गएको समेत देखिन्छ । सवारीधनीका अनुसार ईप्रका काँकरभिट्टाले सवारी साधनका विषयमा अनुसन्धान जारी राखेको जानकारी दिए पनि अहिले सम्म सवारी लैजाने ब्यक्ति र सवारी साधनका विषयमा खासै उपलब्धि नभएको गुनासो दर्जीले गरे । सिसि क्यामेरामा उपलब्ध दृश्यका आधारमा प्रहरीले गहिरो अनुुसन्धान नगरेको नेहालले बताए । केही समय यता मेचीनगर क्षेत्रमा मोटरसाईकल हराउने क्रम बढेर गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button