मूल खबर

माइतीघरबाट डा. गोविन्द केसीसहित सात जना पक्राउ

काठमाडौं ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीसहित सात जनालाई प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरेको छ।

सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने, सबै नेपालीलाई स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखी डा. केसी सहितका युवाले शनिबार माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

उनीहरूले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला गर्न रोक लगाएको छ।

यस विरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। यसमा सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको छ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button