खबर

सञ्चालकले बदमासी नगरे सहकारी सङ्कटमा पर्दैनन्

काठमाडौँ । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकले बदमासी नगरे कुनै पनि सहकारी सङ्घ संस्था सङ्कटमा नपर्ने बताउनुभएको छ ।

ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा सङ्कटग्रस्त देखिएका सहकारी संस्थाबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्दै उहाँले सञ्चालक इमानदार हुने हो भने कुनै पनि सहकारी संस्था सङ्कटमा नपर्ने बताउनुभयो ।

ललितपुर उद्योग वाणिज्य सङ्घका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्थामार्फत डुबेको जनताको रकम फिर्ता गराउन सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो । कार्यक्रममा होम बचतका सञ्चालक सदस्य सञ्जयलाल अमात्यलाई प्रमुख अतिथि शाक्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

होम सहकारीका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखापत्र दैनिकका सहसम्पादक शरदराज सुवेदी, उपाध्यक्ष दिनेश मास्के, ललितपुर महानगरपालिका सहकारी शाखाका अधिकृत चिरञ्जीवी पौडेल, संस्थाका सचिव शोभना थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button