कला

विनोद राई बने भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

काठमाडौं। द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राई बनेका छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका हुन्।

विनोदले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए। यस सिजनमा कोच मिलनले समेत उपाधि पाएकी छन्। टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए। यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button