खबर

बझाङमा भूकम्पको धक्का

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४।४ रेक्टर स्केलको भूकम्प गएको हो ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button