
एजेन्सी । मध्य चीनको हेनान प्रान्तको पिङडिङसान शहरस्थित कोइला खानीमा भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।
दुर्घटना दिउँसो २ : ५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुर्घटना हुँदा जम्मा ४२५ जना कामदारहरू काम गरिरहेको जानकारीमा आएको छ । ती मध्ये फसेका ३८० जनालाई खानीबाट बाहिर निकालिएको थियो । बाँकी कामदार सबै सकुशल रहेको बताइएको छ । कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले हिरासतमा राखेका छन्।आपतकालीन व्यवस्थापन मन्त्रालयबाट खटिएका कार्यदल शनिबार बिहान घटनास्थल पुगेको थियो ।



