खबर

मेची मासु सहकारी संस्थाको१६ औँ साधारणसभा सम्पन्न

मेचीनगर । मेची मासु उत्पादक सहकारी संस्था लि झापाले महिला राष्ट्रिय क्रिकेट खेलाडी अप्सरी बेगमलाई शनिबार नगदसहित सम्मान पत्र प्रदान गरेको छ । संस्थाको १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर क्रिकेट खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन सफल भएको भन्दैं नगद ५ हजार रुपैयाँ र सम्मान–पत्रले खेलाडी वेगमलाई पुरस्कृत तथा सम्मान गरेको हो । संस्थाको आर्थिक वर्ष २०७५÷०७६ मा बनेको सम्मान तथा पुरस्कार नीति संशोधन आर्थिक वर्ष ०७७÷०७८ अनुसार विगतका वर्षहरु झै यसबर्ष प्रतिभा सम्मान गर्ने निर्णय अनुसार वेगमलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

सोहि अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरु देवीप्रसाद उप्रेती, काजीमान भुजेल, लीला कार्की, जगमाया खड्का र सीता तिम्सीनालाई नगद, जिन्सीसहित सम्मान पत्र प्रदान गरियो । यसअघिका वर्षहरु झै यस वर्ष पनि संस्थामा कारोबार गर्ने जेष्ठ सदस्यहरु मध्येबाट छनौट हुनुभएका उहाँहरुलाई नगद २ हजार रुपैयाँ, न्यानो ब्ल्याङ्केट तथा सम्मान पत्र मार्फत सम्मान गरीएको थियो ।

संस्थाका अध्यक्ष भगिरथ राईले उद्घाटन सत्रको सभापतित्व गर्दै सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । देशको तीनखम्बे अर्थ नीतिभित्र सहकारी पनि एउटा दर्बिलो खम्बाको रुपमा स्थापित हुन सफल भए पनि विश्वव्यापी रुपमा देखा परेको विभिन्न प्रभावहरुका कारण सहकारी क्षेत्रलाई पारेको प्रभाव र केही नीतिगत समस्याहरुले गर्दा सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परेको नकरात्मक प्रभावका कारण सानो पूँजी संकलन गरी चलिरहेका संस्थाहरु लाई भने प्रत्यक्ष प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ । प्रत्यक्ष परेको प्रभावका कारण विगत दुईवर्षयता सदस्य केन्द्रित भई सदस्यको चाहानाअनुरुप सेवा सुविधाहरु पर्याप्तमात्रामा दिन नसक्नुले सहकारी सञ्चालकहरु चिन्तित बनेको अध्यक्ष राईले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले नाम अनुसारको काम गर्नेक्रममा मेची मिट मार्ट नामको मासु बिक्री केन्द्र सञ्चालन गर्दै आएको दोश्रो वर्ष सम्म आइपुग्दा २ वटा कुखुराको खोरबाट वार्षिक रुपमा लगभग १२ हजार वटा ब्रोइलर कुखुरा उत्पादन गरी बिक्री गरेको,सदस्यहरुले उत्पादन गरेको लगभग १५ हजार केजी ब्रोइलर कुखुराको मासु २ वटा मासु बिक्री केन्द्रबाट बिक्री वितरण गरेर सदस्यहरुलाई आर्थिक कारोबार र उत्पादनमा सहजीकरण गर्ने कोशीस गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आर्थिक वर्ष २०७९÷०८० असार मसान्तको वास्तविक र आर्थिकवर्ष २०८०÷०८१ को अनुमानित कारोबार समेत अध्यक्ष राईले प्रस्तुत गर्नुभयो । संस्थाका विभिन्न योजनाहरु पुरा गर्नका लागि आवश्यक वितिय तयारीका लागि हामीले कारोबार गरिरहेका वितिय संस्थाहरु राष्ट्रिय सहकारी बैंकबाट दुई करोड ऋण लिई उत्पादनमुखी व्यवसायहरु सञ्चालन गर्ने उहाँको प्रतिवेदनमा उल्लेख छ ।

शीर्षक अनुसारको कर्जा लगानीको अवस्था, २०८० साल असार मासान्तको वासलात पूँजी तथा दायित्व, सम्पति तथा जायजेथा, शीर्षक अनुसार निक्षेपकारोबार, निक्षेपको प्रकार र व्याज विवरण, आर्थिक वर्ष ०८०÷०८१ को अनुमानित पूँजीगत बजेट, आर्थिक वर्ष २०८०÷०८१ को बैंकिङ तर्पmको अनुमानित आम्दानी तथा खर्च र संस्थाका भावी कार्यक्रमहरु प्रतिवेदनमा समेटिएको छ । थप कुखुरा पालन तथा मेची मिट मार्टको बिक्री केन्द्र थप गर्ने , अनुदान माग गर्ने कर्मचारी तथा बजार प्रतिनिधि थप गर्ने र विधान संशोधनलाई भावी कार्यक्रमका रुपमा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा संस्थाका लेखा समिति संयोजक दुर्गाबहादुर लुईटेलले लेखा समितिको आर्थिक वर्ष २०७९÷०८० वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अघिल्लो साधारण सभाको निर्णयहरुको कार्यान्वयनको अवस्था,आर्थिक वर्ष २०७९÷०८० मा बसेको सञ्चालक समितिको बैठक संख्या, निर्णयहरु र निर्णयहरुको कार्यान्वयनको अवस्था , ऋण लगानी प्रक्रिया, ऋण वापतको सुरक्षण वा धितो सम्बन्धी व्यवस्था, सहकारी विभागबाट जारी गरिएका मापदण्डहरुको पालना सम्बन्धि संक्षिप्त विवरण, सहकारी कार्यालय, विभागवा सम्वन्धित संघले अनुगमन गरी दिइएको प्रतिवेदन अनुसारका निर्देशन÷सुझावहरु कार्यान्वयन सम्बन्धि विवरणहरु, पदाधिकारीहरुको पारिश्रमिक, भत्ता र अन्य सुविधाहरुको विवरण , कर्मचारी प्रशासन सम्बन्धी व्यवस्थाहरु व्यवस्थापक, कार्यालय सहायक, फिल्ड कर्मचारीहरु, लेखा समितिले यस अघि दिइएका प्रतिवेदन बमोजिमका सुझावहरुको कार्यान्वयनको अवस्था, लेखा समितिले उल्लेख गर्न चाहेका अन्य विवरणहरु र लेखा समितिको सुझावहरु प्रतिवेदनमा समेटिएको छ ।

साधारणसभाको उद्घाटन सत्रमा नेपाल बहुउद्घेश्यीय सहकारी संस्था लि का अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाई, मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दीपेन्द्र कार्की, ह्चारी संघका केन्द्रीय सदस्य बोधाज निरौला, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका व्यवस्थापक अनिता गुरागाईँले सञ्चालन गरेको उद्घाटन सत्रमा सहभागी सवैलाई उपाध्यक्ष राजकुमार पराजुलीले स्वागत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button