मूल खबर

आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

काठमाण्डौं । शहीद सप्ताह अन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदैछ । माघ १० गतेदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज शोभा भगवतीमा गङ्गालाल र दशरथ चन्द ठाकुरको शालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिँदैछ ।

राणा शासनको विरुद्धमा बोलेको र नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो । उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

शहीद सप्ताको पहिलो दिन १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको ठाउँ टेकु पचलीमा तथा दोस्रो दिन अस्ति १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको ठाउँ सिफलमा स्मरण कार्यक्रम गरिएको थियो ।रिपोटर्स नेपालबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button