कला

मेनुकालाई एआई चश्मा

काठमाडौं ।

भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १४औं सिजनकी प्रतिस्पर्धी तथा नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित विशेष प्रकारको चस्मा प्राप्त गरेकी छन्।

आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा मेनुकालाई प्रदान गरेका हुन्।

गायिका लता मंगेशकरको गीत प्रस्तुत गरेपछि मेनुकालाई चिकित्सकले स्टेजमै पुगेर गिफ्ट अफ साइट भन्दै चस्मा प्रदान गरेका थिए। मेनुकाले पनि सो चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन्।

चस्मा लगाएकी मेनुकाको अगाडि निर्णायक कुमार सानु उभिँदा एआई जडित चस्माले अंग्रेजी भाषामा कुमार सानु अघि उभिएका छन् भनेर आवाज दिएको थियो।

चिकित्सकका अनुसार सो चस्मा लगाएपछि मेनुकाले रियाज गर्न, एक्लै हि“डडुल गर्न र पढ्न सक्ने तथा अगाडि उभिएको मान्छेलाई चिन्न सक्नेछिन्। क्यामेरा जडित सो चस्माले फोटो खिच्ने र सेन्सरले उक्त तस्वीरको विस्तृत विवरण बताउने चिकित्सकले बताए।

सेन्सरमा एआई जडान गरिएको चस्माको एकापटि पाँच अक्षर पनि छन्। जसलाई थिचेर मेनुकाले आफै“ काम गर्न सक्छिन्।

चस्मा लगाइसकेपछि मेनुकाले चिकित्सक र इन्डियन आइडललाई धन्यवाद दिँदै आफूले जीवनमा सबैभन्दा ठूलो उपहार पाएको र यस्तो काम इन्डियन आइडलको मञ्चमा मात्र हुन सक्ने बताइन्।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button