खबर

भण्डारी र खातीको विवाहपछि ५० पुरस्कारले सम्मान

सन्दीप भण्डारी र जुना खातीलाई नगद सहित सम्मान गरिँदै । तस्बिर बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा अन्तरजातीय विवाह गर्ने एक जोडीलाई नगद ५०हजार रुपियाँ सहित सम्मान गरिएको छ । भीमेश्वर नगरपालिका–५ का अन्तरजातीय विवाह गर्ने एक जोडीलाई नगद ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।

वडा नम्बर ५का सन्दीप भण्डारी र रामेछाप उमाकुण्डा गाउँपालिका–५ जुना खातीले अन्तर जातीय विवाह गर्नुभएकोमा उहाँहरूलाई प्रोत्साहन स्वरूप नगद ५० हजार रुपियाँ सहित सम्मान गरिएको वडा नम्बर ५का वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त जोडिलाई भीमेश्वर नगरपालिकाका मेयर मेयर ईश्वरनारायण मानन्धरले नगद सहित सम्मान गर्नु भएको हो । नव विवाहित जोडीले गत पुस २६ गते विवाह गरेकोमा माघ ५ गते वडामा विवाह दर्ता गराउनु भएको थियो । विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो । सरकार र वडा सक्रिय भएर जातीय विभेदलाई हटाउन लागिपर्नुपर्ने देखिएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button